Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
डाक्टरको परामर्श शुल्क बढाउने निर्णयमा मन्त्रालयको असहमति
Nepali Unicode | Preeti to Unicode

६ फागुन। चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ ।
नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क बृद्धि गरेको थियो । यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपैयाँ पुगेको छ र, यसमा अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछ ।
तर मन्त्रालयसँग परामर्श नगरी शुल्क वृद्धि गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘उहाँहरुलाई शुल्क निर्धारण गर्ने अधिकार छैन । नयाँ शुल्कमा मन्त्रालयको सहमति छैन ।’
उनले मुल्यबारे चिकित्सक संघ, अफिन लगायतसँग छलफल गर्न तयार रहेको समेत बताए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय