Nepali Unicode | Preeti to Unicode

५ फागुन । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड(१९ विरुद्धको खोप दिने भएको छ ।
बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो । ‘६० वर्षमाथिका करिब २८ लाख जनसंख्या होलान्’ मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतमले भने, ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं। कोभ्याक्समार्फत पनि आउँदैछ । त्यसैले खोपका अभाव हुन्न ।’
यसअघि मन्त्रालयले ५५ वर्षमाथिकालाई खोप दिने योजना अनुरूप आन्तरिक तयारी गरेको थियो। खोप व्यवस्थापनका लागि अहिले ६० वर्ष माथिका नागरिकलाई प्राथमिकतामा राखेको भन्दै उनले भने, ‘छिट्टै ५५ वर्ष र त्योभन्दा कम उमेर समूहका मानिसहरूले खोप पाउनेछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर