
फागुन ४ ।गायक गायिका पुष्कल शर्मा र बिष्णुमायाँ पौडेलको स्वर रहेको गीत ‘मायाँ चोखो छ।।।’ सार्वजनिक भएको छ । आकर्षक म्युजिक भिडियोसहित सार्वजनिक गीतमा महेन्द्र विश्वकर्माको शब्द, विमल डाँगीको संगीत रहेको छ ।
स्माइल धिताल, विष्णु मायाँ पौडेल, सरिता राजउपाध्यायको अभिनय रहेको भिडियोमा बबिता श्रेष्ठले निर्देशन गरेकी हुन् ।
दीपक गिरीको छायाँकन रहेको भिडियो प्रियसी म्युजिक प्रा।लिले बाहिर ल्याएको हो । लोकदाहोरी शैलीमा तयार गीतले प्रेमपिडा व्यक्त गर्दछ ।