Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

फागुन ४। विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘फुलबुट्टे सारी’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । मेल, फिमेल र चाइल्ड भर्सनमा केही पहिले आएको गीत लिजेण्डरि भर्सनको रुपमा मदनकृष्णको स्वरमा रेकर्ड गरिएको हो ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको यो गीत १२ वर्ष अगाडि फिमेल भर्सनमा मिलन नेवारको आवाजमा रेकर्ड भएको थियो भने चाइल्ड भर्सनमा अरिश्मा शिवाकोटीले स्वर दिएकी थिइन् । यो गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको अभिनय रहेको छ । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन भिडियोमा रहेको छ ।
कार्यक्रममा विशिष्ट कलाकार हरिवंश आचार्य प्रमुख अतिथि बनाइएको थियो । कार्यक्रममा हरिवंशले गीत र भिडियो दर्शकले रुचाउने बताए । सोही अवसरमा हरिवंश सम्मानित समेत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय