Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

५ फागुन । राष्ट्रिय टिम र एपीएफ क्लबकी सदस्य सावित्रा भण्डारी ९साम्बा०को उपचारमा एन्फाले सहयोग गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले मंगलवार सामाजिक सञ्जालमार्फत एन्फाले सावित्राको उपचार सकृय सहयोग गर्ने जानकारी गराएका छन् ।
अहिले भइरहेको राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबविरुद्धको खेलमा ल्याण्डिङ नमिल्दा सावित्राको घुँडामा चोट लागेको छ । एमआरआई गराएर हेर्दा सावित्राको एसिएल च्यातिएको देखिएको छ । बुधबारसम्म सावित्राको चोटको बारेमा विस्तृत रिपोर्ट आउने छ । प्रारम्भिक रिपोर्ट अनुसार सावित्राले करिब १ वर्ष खेल्न नसक्ने सम्भावना छ ।
एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति हुने भन्दै उनको स्वास्थ्य उपचारमा एन्फाले हरेक कोणबाट उपचारमा सहयोग गर्ने जनाए । ‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ । साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामाना पनि गर्दछु,’ अध्यक्ष शेर्पाले लेखेका छन् ।
सावित्राले जारी लिगमा १० खेल खेल्दै ४३ गोल गरिसकेकी छिन् । उनले आर्मी र पुलिस विरुद्धको खेलमा गोल गर्न सकेकी थिइन् । यस्तै एक खेलमा २ गोल गरेकी थिइन् भने बाँकी ७ खेलमा ३ वा त्योभन्दा बढी गोल गरिन् । उनले चौदण्डीगढीविरुद्ध पहिलो चरणमा १२ र दोस्रो चरणमा ८ गोल गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय