Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
गुडिरहेको ट्याक्टरमा करेन्ट लागेपछि‘
Nepali Unicode | Preeti to Unicode

५ फागुन । सर्लाहीमा गुड्दै गरेको ट्याक्टरमा करेन्ट लागेर आगलागी भएको छ ।
मुर्तियाबाट जिरायततर्फ जाँदै गरेको ना। १ त ७२८९ नम्बरको ट्याक्टरमा बरहथवा नगरपालिका ९ मुर्तियामा करेन्ट लागेको हो । ट्याक्टरको ट्रलीमा उखुको भुस लोड गरिएको थियो ।
प्रहरीका अनुसार ११ हजार भोल्टको विद्युतको तारमा छुन गई करेन्ट लागेर आगलागी हुँदा ट्याक्टरको पछाडिको ट्रली र भुस पूर्ण रुपमा जलेको छ ।
आगलागीबाट दुई लाख रुपैयाँ बराबरको क्षति भएपनि मानवीय क्षति नभएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । आगोलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय