Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

४ फागुन ।काठमाडौं उपत्यकामा मेट्रो रेल निर्माणका लागि सहकार्य गर्न रसियाले इच्छा देखाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभबीच भएको शिष्टाचार भेटमा रसियाले मेट्रो रेल निर्माणमा चासो देखाएको हो। छलफलमा नेपालको रेलवे विस्तारमा रसिया लगानी र निर्माणको काम गर्न इच्छुक रहेको नोभिकोभले बताएको मन्त्रालयले जनाएको छ।
यसका लागि रसियन रेलवेका तर्फबाट मन्त्रालयमा आशयपत्रसमेत बुझाइएको छ। भेटमा मन्त्री नेम्बाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देश बीचमा समन्वयन भइ कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए।
काठमाडौको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको तर प्रविधि र दक्ष जनशक्तिका साथै लगानीको समेत अभाव रहेको उनले उल्लेख गरे।
हाल मेट्रो रेलको रेखांकन, पूर्व सम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिर्पोट ९डीपीआर० समेत तयारी भइसकेको छ। उक्त दस्तावेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको जानकारी मन्त्री नेम्बाङले सोमबार भएको भेटमा दिएका थिए। रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गरेर अघि बढ्ने उनको भनाइ छ।
विश्वको विभिन्न मुलुकमा रेल सम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोसेढुंगा हुने रसियन प्रतिनिधि मण्डलले उल्लेख गरेका छन्। पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनीधि मण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएका छन्।
भेटमा द्धिपक्षीय हित तथा पारस्पिरिक सम्बन्धका बारेमा समेत छलफल भएको थियो।
रसियाली सहयोगमा निर्माण भएका विगतका परियोजनाहरु कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेशन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगंज सुगर मिल र रोजिन एण्ड टर्पेन्टाइन प्लान्टबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ।
यस अघि पनि राजदूतसहितको टोलीले नेम्बाङलाई भेटेको थियो। नेपालमा रेलमार्गका विविध विषयहरु छलफल भएको थियो। पूर्वपश्चिम विद्युतीय रेलमार्गको विषयमा पनि रसियाली पक्षले जिज्ञासा राखेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय