Nepali Unicode | Preeti to Unicode

४ फागुन। धादिङ जिल्ला स्तरीय टी २०क्रिकेट प्रतियोगिता यहि फागुन ७ गते देखि सुरु हुने भएको छ ।
धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुनेछ ।
यस प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक दिपेश कँडेलले बताए । प्रतियोगिता तीन दिन सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५(५ हजार प्राप्त गर्नेछन्
प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने यस प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको समेत कँडेलले बताए ।
प्रतियोगितामा बेनिघाट क्रिकेट टिम, विशालटार क्रिकेट टिम, मलेखु क्रिकेट टिम, गजुरी क्रिकेट टिम, त्रिपुरासुन्दरी क्रिकेट टिम, साङकोष क्रिकेट क्बल, गणेश हिमाल क्रिकेट टिम, धादिङ समाज क्रिकेट टिम र बैरेनी क्रिकेट टिम सहभागि हुनेछन् ।
प्रतियोगिताको टाइसिट बुधबार सार्वजनिक हुने आयोजकले जनाएको छ ।
राजधानी नजिकै रहेको जिल्ला धादिङमा पछिल्लो समय क्रिकेट गतविधिहरु बढिरहेको छ भने स्थानिय स्तरमा विभिन्न खालका प्रतियोगिताहरु भइरहेको छ । राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न धादिङमा क्रिकेट प्रतियोगिताहरु आयोजना गरिएको कंडलले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर