Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

४ फागुन । इन्डियन प्रिमियर लिग आ२पीएल खेल्ने टोली किंग्स एलेभेन पञ्जावले आफ्नो नाम परिवर्तन गर्ने भएको छ ।
फ्रेन्चाइजले आइपीएलको १४औं संस्करणअघि नाम परिवर्तन गरेर पञ्जाव किंग्स राख्ने भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेको छ ।
युएईमा भएको १३औं संस्करणमा किंग्स ११ पञ्जावसँगै ८ फ्रेन्चाइजले प्रतिस्पर्धा गरेका थिए ।
टाइम्स अफ इन्डियाका अनुसार पञ्जावले लामो समयदेखि नाम परिवर्तन गर्न चाहेको र आईपीएल १४ अघि त्यो हुने जनाएको छ ।
‘लामो समयदेखि पञ्जाव नाम परिवर्तन गर्ने योजनामा छ र यो आईपीएल अघि नै हुनेछ । यो तत्कालको निर्णय होइन,’ बीसीसीआईले सोमबार पीटीआईलाई बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।
यसअघि दिल्ली फ्रेन्चाइजले पनि आफ्नो नाम परिवर्तन गरि दिल्ली डेयर डेभिल्सबाट दिल्ली क्यापिटल्स राखेको थियो ।
पञ्जावले अक्सनको अघिल्लो दिन मुम्बईमा कार्यक्रम गरेर नयाँ लोगो र नाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
पञ्जावले नाम परिवर्तन गर्दै पछिल्ला कमजोरी हटाएर नयाँ युगको सुरुआत गर्ने योजना बनाएको छ । आइपीएलको १३ वर्षे इतिहासमा पञ्जाव एक पटक उपविजेता बनेको छ ।
आइपीएलको १४औं संस्करण अप्रिलमा आयोजना गर्ने तयारी भइरहेको छ । त्यसका लागि आगामी बिहीबार चेन्नाईमा मिनी अक्सन हुँदैछ ।
पञ्जावले अक्सनबाट बढीमा ९ खेलाडी राख्न पाउनेछ र उसको ५३।२० करोड भारु रकम बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय