Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

३ फागुन। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन आएको दाबी गरेका छन् । नेपाली कांग्रेसले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभामा बोल्दै उनले जनताको रुने दिन सकिएको टिप्पणी गरे ।
नेता खाँणले भने, ‘अब जनताको रुने दिन सिद्धियो, अब रुने दिन कम्युनिष्टको आयो, अब रुने दिन केपी ओलीको आएको छ ।’
प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र सर्वसत्तावादको यात्रा भएको उनको भनाइ छ । यद्यपि सर्वोच्च अदालतले संविधानको रक्षाको पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको खाँणले बताए ।
सरकारले संविधानले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा मिडिया विधेयक, सूचना प्रविधि विधेयक ल्याएर जनताको मुख थुन्ने काम गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय