Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

फागुन ३ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न चुनाव हो कि संसद पुर्नस्थापना भन्ने नभएको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आज भरतपुरको चौविसकोठीमा गरेको जनसभामा बोल्दै नेता थापाले सो बताएका हुन् ।
उनले अहिले कांग्रेसलाई सोधिने प्रश्न तपाइँ संसद पुर्नस्थापना चाहने हो कि चुनाव हो भन्ने रहेको भन्दै यो दुवै प्रश्न गलत रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसको एजेण्डा पुर्नस्थापना वा चुनाव होइन । हामी संविधान जोगाउने पक्षमा लाग्नुपर्छ । ’ उनले संविधान कांग्रेसको मात्र विद्यान नभएर सिंगो देश एक भएर लेखिएको दस्तावेज भएको बताएका छन् । उनले भने, ‘ संविधानमा कांग्रेसको असहमतिहरु भए पनि यो साझा दस्तावेज बनेको छ ।’ उनले संविधान तलमाथि भयो भने विकल्प नै केही छैन ।
नेता थापाले इतिहासमा भएका कमीकमजोरीहरुलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताए । उनले अदालतले पनि संविधान पढ्नुपर्ने विचार राखे । उनले केपी ओलीको कदम अराजनीतिक कदम भएकोले अदालतले संसद पुर्नस्थापना गरेमा संविधानको जग भत्कँदै जान्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय