Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन ३ । म्यान्मारका थुप्रै शहरका सडकमा सेनाका बख्तरबन्द गाडी देखिएका छन् । स्थानीय समयानुसार राती १ बजेदेखि देशमा इन्टरनेट सेवा पनि बन्द छन् ।
सेनाको यो तयारीलाई १ फेब्रुअरीमा सैन्य कूपछि देशमा भइरहेको विरोध प्रदर्शनलाई समाप्त गर्ने संकेतको रुपमा हेरिएको छ ।
देशको उत्तरमा बसेको काचिनमा लगातार ९ दिनदेखि सेनाको कूको विरोधमा प्रदर्शन भइरहेको छ । यहाँ सुरक्षाबलले प्रदर्शनकारीमाथि गोली चलाएको खबर पनि छ ।
संयुक्त राष्टका एक अधिकारीले म्यानमारको सेनामाथि मानिसहरुविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् ।
म्यानमारका लागि संयुक्त राष्ट्रका विशेष प्रतिनिधि टम एन्ड्र्यूजले जनरल हताश भएको संकेत दिइरहेका छन् र यसका लागि उनी जवाफदेही हुनुपर्ने बताएका छन् ।
उनले सोसल मिडियामा लेखेका छन्, ‘यस्तो लागिरहेको छ दकि सेनाले म्यानमारका मानिसहरुविरुद्ध युद्धको घोषणा गरेका छन् । आधा रातमा छापा मारिँदैछ, मानिसहरुलाई पक्राउ गरिँदैछ, उनीहरुको अधिकार हनन गरिँदै छन् । इन्टरनेट पुनः बन्द गरिएको छ । सेनाका कार्केड आवसीय क्षेत्रमा घुसिरहेका छन् । यस्तो लागिरहेको छ कि सेनाका जनरल हताश भएका छन् ।’
युरोपेली संघ, अमेरिका र बेलायतले एक बयान जारी गर्दै भनेको छ, ‘हामी सुरक्षाबलसँग अपिल गर्छौं कि उनीहरुले गणतान्त्रिक सरकारको कू पछि विरोध गरिरहेका प्रदर्शनकारीविरुद्ध हिंसा नगरुन् ।’
म्यानमारको सेनाले लगभग १५ दिनअघि आङ सान सूकीको नेतृत्व रहेको सरकारविरुद्ध कू गरेको थियो । अघिल्लो वर्ष नोभेम्बरमा सूकीको पार्टीले चुनावमा भारी बहुमतले जीत हासिल गरेको थियो तर सेनाले चुनावमा धाँधलीको आरोप लगाएका थिए ।
सूकीलाई हाल उनको घरमा नै नजरबन्दमा राखिएको छ । साथै सयौं प्रदर्शनकारी र विपक्षी नेतालाई पनि हिरासतमा लिइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय