Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२ फागुन। संसद विघटनको विरोधमा कर्णालीका पत्रकार सडकमा आएका छन् । प्रदेशमा पत्रकारिता क्षेत्रका ८ वटा पेसागत संगठनहरुले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध प्रर्दशन गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुस पाँचगते गरेकोे संसद विगठन असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरुले संयुक्त विरोध र्‍याली निकालेर प्रर्दशन गरेका हुन् ।
वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पिपलचौतारा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले ‘असंवैधानिक कदम खारेज गर, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘संघीय लोकतान्त्रिक गनतन्त्र जिन्दावाद, प्रतिगमन मुर्दावाद, पेसागत एकता जिन्दावाद’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर, प्रेसप्रतिको धम्की बन्द गर, संविधानको रक्षा गर,’ लगायत लेखिएका प्लेकार्डसमेत प्रर्दशन गरेका छन् ।
असंवैधानिकरुपमा गरिएको संसद विघटनको प्रतिगामी कदम र प्रेस स्वतन्त्रता विरोधी हर्कतहरूका विरुद्ध एउटै व्यानरमा आन्दोन गरिएको प्रेस संगठन कणरली प्रदेशका इन्चार्ज ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।
कोणसभालाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय नेता शिव लम्सालले केपी ओली नेतृत्वको सरकार गठन भएदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुन्ठित गर्ने कामको सुरु भएको बताए ।
त्यस्तै प्रेस संगठनका केन्द्रीय नेताद्वय बलराम थापा र सइन्द्र राईले पत्रकार सम्बद्ध पेसागत संगनठहरु एकठाउँमा उभिएर सरकारको असंवैधानिक कदम र प्रेस स्वतन्त्रता विरोधी कदमविरुद प्रतीकार गर्ने बेला आएको बताए ।
प्रेस संगठन नेपाल, नेपाल प्रेस युनियन, नेपाल प्रेस, प्रेस सोसाइटी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, संसदीय मामिला पत्रकार समाज कणरली प्रदेश, राष्ट्रिय दलित पत्रकार संघ र नेपाल आदिवासी पत्रकार महासंघले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय