Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

फागुन १ । बैंकिङ कसुर मुद्दाका फरार मनोज भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । कैलाली घर भएका भण्डारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नयाँ बानेश्वरबाट पक्रेको हो । भण्डारीले दिएको ४ करोड २० लाखको चेक बाउन्स भएको छ । बैंकिङ कसुर मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
३९ वर्षीय मनोज ठेकेदार हुन् । आफ्ना ठेक्कापट्टाका सहकर्मी रितु जोशीलाई उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको थियो । ‘कन्टेक’ निर्माण सेवाका सेयर होल्डर भण्डारीले राष्ट्र बैंक र लोकसेवा आयोगको भवन निर्माणको ठेक्का पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय