Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

फागुन २ । अभिनेता सलमान खानले आफू शाहरूखको चलचित्र ‘पठान’ मा देखिने खबर पुष्टि गरेका छन् । लामो समयदेखि यसबारे चर्चा चले पनि सलमान यसबारे बोलिरहेका थिएनन् । अन्ततः उनले शनिबार यो खबर सत्य भएको र आफू शाहरूखको चलचित्रमा केमियो भूमिकामा देखिन लागेको जानकारी दिएका हुन् ।
बिग बोसको १४ को शनिबारको विकेन्डका वार एपिसोडमा सलमानले यसबारे बताएका हुन् । यसको छायांकन सकिएलगत्तै पठानको छायांकनमा जाने तयारी पनि सलमानले सुनाए । “जीवन चलिरहन्छ, शो पनि चलिरहन्छ १ यो शो सकिएसँगै हामी पठानको काम सुरु गर्छौं, त्यसपछि टाइगर ३, अनि कभी इद कभी दिवाली । १८ महिनापछि बिग बोस १५ फेरि फर्कनेछ ।”
सलमानले बिग बोस १५ सुरु हुने समयसम्ममा यी तीनैवटा चलचित्रको काम सक्नुपर्नेछ । पठानको एक्सन सिनका लागि सलमान यूएई जानेछन् । यो सिनमा सलमानलगायत शाहरूख, जोन अब्राहम र दीपिका पादुकोण पनि देखिनेछन् ।
त्यहाँ बुर्ज खलिफाको भित्र टपमा र त्यसको वरिपरि यी बलिउड स्टारहरू एकैसाथ देखिनेछन् । सलमानले पठानका लागि १२ दिन दिनेछन् ।
यसका साथै ‘पठान’ मा टाइगरका रुपमा स्पेसल इन्ट्रीको सिन पनि हुनेछ । यसका लागि सलमानलाई अग्रिम पारिश्रमिक दिइसकेको बलिउड हंगामाले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय