Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

फागुन १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। डिला सङ्गौलाले भागरथी भट्टका हत्यारालाई न्यायको कठघरामा उभ्याउन माग गरेकी छिन् । उनले आज एक विज्ञप्ति जारी गरी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि गरिएको हत्याले मानव जातिलाई नै स्तब्ध बनाएको भन्दै हत्यारालाई तत्काल पक्राउ गर्न आग्रह गरेकी हुन् ।
देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ । उनले यस घटनाका बारेमा प्रधानमन्त्रीबाट आम नागरिकको चासो र चिन्तालाई सम्बोधन गरी सम्बन्धित निकायलाई तुरुन्तै कडाभन्दा कडा कारवाहीका लागि निर्देशन गर्न अनुरोधसमेत गरेकी छिन् ।
डा सङ्ग्रौलाले सुदूरपश्चिम प्रदेश सरकारलाई तत्काल उच्चस्तरीय छानबिन समिति गठन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आग्रहसमेत गरेकी छिन् । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय