Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२९ माघ । नेपाली राष्ट्रिय क्रिकेटटिमका पूर्व सदस्य कनिष्क चौगाईं अमेरिका क्रिकेटको क्षेत्रीय बन्द प्रशिक्षणका लागि वेष्ट जोनको टोलीमा समावेश भएका छन् ।
क्रिकेट अमेरिकाले आफ्नो उमेर र सिनियर टोलीको सबै क्जोनबाट प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम सार्वजनिक गरेको हो ।
जसमा कनिष्क अमेरिका कप्तान समेत सौरभ नेत्रवाल्कर, तिमिल पटेल, निसर्ग पटेल, दक्षिण अफ्रिका पूर्व क्रिकेटर रस्टि थेरन लगायतका चर्चित खेलाडीसँगै वेष्ट जोनमा परेका हुन् ।
अमेरिकाका विभिन्न जोनमा प्रशिक्षण गरेर खेलाडी छनोट गर्ने गरिन्छ । अमेरिकाले त्यसका लागि विभिन्न क्षेत्रीय टोली बनाएर प्रशिक्षण सुरु गर्न लागेको हो ।
वेष्ट जोनमा अमेरिकाको सिनियर टोलीका खेलाडीहरु समेत छन् ।
३५ वर्षीय कनिष्कले नेपालका लागि दुई फस्ट क्लास म्याच खेलेका छन् । उनले सन् २००८ सम्म नेपालबाट खेलेका थिए । उनले नेपालबाट यू(१७ हुँदै तीन पटक यू १९ विश्वकपसमेत खेलेका थिए ।
उमेर समूहमा राम्रो प्रदर्शन गर्दै ठूलो सम्भावना देखाए पनि उनी विदेशीएका थिए ।
कनिष्कै कप्तानीमा नेपाली यू(१९ टोली सन् २००६ को यू(१९ विश्वकपमा प्लेट च्याम्पियनसिपको उपाधि जितेको थियो । उक्त विश्वकपको फाइनलमा नेपालले न्युजिल्यान्डलाई १ विकेटले हराएको थियो ।
श्रीलंका भएको उक्त यू(१९ विश्वकपमा नेपालको कप्तानी कजिष्कले गरेका थिए भने अहिले राष्ट्रिय टोलीमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेषाकर र पारस खड्का टोलीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय