माघ २९ । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारको असंवैधानिक कदमविरुद्ध बोल्दा पक्राउ गरेका विषयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कडा टिप्पणी गरेका छन् । पौडेलले ट्विटरमार्फत सरकारको अधिनायकवादी चरित्र उदांगिएको भन्दै टिप्पणी सार्वजनिक गरेका हुन् ।
“सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर अधिनायकवादी चरित्र उदांगो पारेको छ,” पौडेलले ट्विटरमा लेखेका छन्, “संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि नांगो हस्ताक्षेप गरेको छ ।” उनले झाँक्रीलाई विनासर्त रिहा गर्न पनि माग गरेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs