Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२९ माघ । महिलालाई लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा धारिलो हतियार देखाई नगद र गरगहना लुटपाट गर्ने बिकल क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
माघ २४ गते बाह्रघरेमा डेरा गरि बस्ने क्षेत्रीले तनहुँका ३९ बर्षि महिलालाई बोलाई कमलनगर स्थित एकान्त चउरमा भएको ठाउँमा लागि धारिलो हरितयार देखाई कुटपिट गरेर महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, २ वटा औंठी, हातमा लगाएको घडी , २ वटा मोवाइल र नगद रु १७ हजार गरि रु ५ लाख ६३ हजार २५० रुपैया बराबरको धनमाल लुटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोलीले पीडित महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाईएको छ,
हाल महिलाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
क्षेत्रीले महिलासँग आफ्नो नाम बिशाल र आफु मोटरपार्टस र वर्कसप सञ्चालक हुँ भनी फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाएका थिए । कुटपिटबाट महिलाको कान र हातमा समेत चोट लागको छ ।
उनले डाँका गरी लगेका सुनको सिक्री एकथान घडी,एकथान मोबाइल २ वटा कोठामा फेला परेको र । बाँकी झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट भमनपा ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको बुझिएको छ । विश्वकर्मालाई समेत तत्काल पक्राउ गरी २७ गतेबाट लागु हुने गरि सम्मानित चितवन जिल्ला अदालतबाट हिरासतमा राखि अनुसन्धान गर्नको लागि दिन ०७ म्याद प्राप्त गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय