Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस कोभिड-१९को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो’, करिब अढाई घण्टासम्म चलेको छलफलको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाईं साझा भएको बताएका छन्। उनले यसको नियन्त्रण गर्न र अर्थतन्त्र विनाशबाट जोगाउन सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।

‘कोरोना विरूद्दको लडाईं साझा हो। यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ’, ओलीले भने, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ।’

प्रधानमन्त्री ओलीले व्यवसायीलाई सरकार केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे। प्रधानमन्त्रीसँगको छलफलमा निजी क्षेत्रको नेतृत्वकर्ताको रुपमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए।

छलफलमा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोधसमेत प्रधानमन्त्रीसमक्ष गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय