Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं, २२ भाद्र । प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस कोभिड-१९को विषयमा मनोवैज्ञानिक आतंक फैलाउनु नहुनेमा जोड दिएका छन्। निजी क्षेत्रका अगुवासँगको छलफलमा आइतबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो’, करिब अढाई घण्टासम्म चलेको छलफलको विषयमा जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने।

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाईं साझा भएको बताएका छन्। उनले यसको नियन्त्रण गर्न र अर्थतन्त्र विनाशबाट जोगाउन सरकारले काम गरिरहेको स्पष्ट पारेका छन्।

‘कोरोना विरूद्दको लडाईं साझा हो। यसमा सरकार कोरोनाको संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील छ’, ओलीले भने, ‘उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ छ।’

प्रधानमन्त्री ओलीले व्यवसायीलाई सरकार केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे। प्रधानमन्त्रीसँगको छलफलमा निजी क्षेत्रको नेतृत्वकर्ताको रुपमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए।

छलफलमा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोधसमेत प्रधानमन्त्रीसमक्ष गरेका खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय