Nepali Unicode | Preeti to Unicode
 BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार |

माघ २९ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौँको ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर क्याम्पसका नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले र विद्यार्थीले विरोध प्रदर्शन गरेका छन्।
सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए। नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेवि संघका नेता कार्यकर्ता ,विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोण सभा गरेका थिए।कोणसभामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य शुशील भट्ट ,विद्यार्थी नेताहरु निरन्जन थापा, पवन थापा,सन्तोष गुरुङ ,स्वेच्छा उप्रेती ,लक्ष्मी सिलवल,जीवन राना ,किरण भट्टराई ,सुवास घिमिरे ,प्रवीन गुरुङ, स्थानीय नेपाली कांग्रेसका नेता मनोज लगायतले बलात्कारीलाई कानुनी कारबाही गर्न माग गरेका थिए । उनीहरुले करिब एक घन्टा चक्काजामसमेत गराए।
बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने भट्टले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय