Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
जेष्ठ नागरिक संघ चितवनले भवनमा सभाहल सहितको तला थप्यो
Nepali Unicode | Preeti to Unicode

२८ माघ । जेष्ठ नागरिक संघ चितवनले भवनमा सभाहल सहितको तला थप गरेको छ । भरतपुर–१० स्थित दुर्गा भगवती मन्दिर परिसरमा रहेको २०६१ सालमा बनेको भवनमा तला थपेको हो । माथिल्लो तला निर्माण गर्दा भरतपुर महानगरले १५ लाख ५६ हजार रुपैयाँ र संघले १ लाख ७३ हजार रुपैयाँ लगानी भएको संघका सचिव भोजराज न्यौपानेले जानकारी दिनुभयो ।
यसअघि निर्वतमान सांसद कृष्णभक्त पोखरेलले सांसद विकास कोषबाट उपलब्ध गराएको ९ लाख ६५ हजार रुपैयाँ खर्चेर ट्रष्ट बनाइएको थियो । एक सभाहल र २ कोठा थप भएका छन् । भरतपुर महानगरका मेयर रेनु दाहालले मंगलबार भवनको उद्घाटन गर्नुभएको थियो । मेयर दाहालले जेष्ठ नागरिकका हरेक मागहरु पुरा गर्न प्रतिवद्ध रहेको बताउनुभयो । जेष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउने हरेक सेवा सहजै उपभोग गर्ने वातावरण बनाइने बताउनुभयो । भरतपुर–१० का वडाध्यक्ष अरुणपीडित भण्डारीले मन्दिर परिसरलाई हरियाली पार्क बनाउन सहयोग गर्ने बताउनुभयो । मन्दिर परिसर करिब ५ कट्टठामा छ ।
वृद्ध कल्याण सेवा संघबीच २०७६ मा एकिकरण भएपछि बनेको संघले जेष्ठ नागरिकका पीर मर्का बुझ्ने र जमघट गराउने कामको अगुवाई गर्दै आएको छ । संघका अध्यक्ष केदारनाथ तिमिल्सिनाले जेष्ठ नागरिकलाई गोलबद्ध गर्दै हकअधिकारको वकालत गर्दै आएको बताउनुभयो । संघले डे केयर सेन्टर, भजन किर्तन, भेला छलफल, स्वास्थ्य शिविर लगायतका गतिविधि गर्दै आएको छ । स्कुल–स्कुलमा पुगेर पुस्ता हस्तान्तरण कार्यक्रम गर्दै जेष्ठ नागरिकको सम्मान तथा ज्ञानसीप आदानप्रदान गर्दै आएको बताउनुभयो । भरतपुर अस्पतालमा जेष्ठ नागरिक वार्डमा २० मात्रै शैया भएकाले शैया विस्तार गर्नुपर्ने, अस्पतालमा उपचार लिन जादा घण्टौ उभिएर पालो कुर्नुपर्ने अवस्था हटाउन माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय