Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
तीन लाख मानिस काठमाडौंमा उतार्ने झलनाथको दाबी
Nepali Unicode | Preeti to Unicode

माघ २७ । संसद् विघटन, संवैधानिक, भूमिसम्बन्धी आयोगमा नियुक्तिलगायत प्रधानमन्त्रीका कदमविरूद्ध नेकपाको प्रचण्ड(माधव नेपाल समूहले माघ २८ गते भोलि शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि जुलुस निस्कने पाँच स्थानको कमान्डर पनि नेकपा प्रचण्ड(नेपाल समूहले तोकिसकेको छ । अहिले काठमाडौंमा मार्चपासलगायत प्रचारलाई तीव्र बनाइएको छ ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तीन लाख बढी नागरिक काठमाडौंमा उतार्ने र निर्णायक संघर्षको उद्घोष गर्ने तयारी भएको बताए । आज प्रचण्ड(नेपाल समूहको सचिवालयको बैठक पनि बसेको थियो । बैठकमा तयारीबारे ब्रिफिङ भएको र उपत्यकाका ‘रैथाने’हरू पनि आन्दोलनमा उत्रने खनालले जानकारी दिए ।
यसअघि पुस १४ र माघ ९ गतेको सभामा उपत्यकाका बासिन्दाको उल्लेख्य साथ नपाएको चर्चा भएको थियो । “यसपटक उपत्यकाका बासिन्दा पनि प्रदर्शनमा आउने रिपोर्टिङ भएको छ,” खनालले बाह्रखरीसँग भने, “ओली सरकारविरुद्ध उपत्यकावासी भित्रभित्रै आन्दोलित छन् । यसपटक सडकमै आउने बुझेका छौँ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २२ को आमसभामा ठूलो ठाउँ खोज्दै जाँदा नारायणहिटी अघिल्तिर पुगेको बताएका थिए । प्रधानमन्त्रीले नेकपा ओली पक्षलाई काठमाडौंका सभास्थलहरू साँघुरो भएको बताएका थिए ।
खनालले ओलीको सभा इतिहासकै ठूलो भएर विशेषण झुन्ड्याइनु हास्यास्पद भएको बताए । र, भोलिको सभाले देखाउने पनि उनले जिकिर गरे । उपत्यकाको ठूलो ठाउँ पर्यटन बोर्डको अघिल्तिरको सडक नै रहेको निष्कर्ष निकाल्दै त्यहीँ सभा गर्ने उनले बताए ।
“काठमाडौंको ठूलो ठाउँ भनेकै हामीले अस्ति सभा गरेको ठाउँ हो भन्ने बुझियो । त्यहीँ सभा गर्ने भएका छौँ । यसपटक हाम्रो इतिहासकै ठूलो सभा हुनेछ । त्यहीअनुसार मञ्चको व्यवस्थापन गरेका छौँ,” उनले भने ।
यसपटक पनि विद्युत् प्राधिकरण र भद्रकाली दुवैतर्फको आवागमन बन्द गरेर पर्यटन बोर्ड अगाडि टी आकारमा सभा गरिने उनले बताए । माघ ९ गते पनि प्रचण्ड(नेपालले त्यहीँ सभा गरेका थिए ।
यसपटक विकल्पका ठाउँ खोजिएको भए पनि ठूलो स्थान त्यहीँ भएको निचोड निकालिएको उनले बताए । त्यहाँ सभा गरिए भृकुटीमण्डप, भद्रकाली, रत्नपार्क र पद्मोदय मोडसम्म सहभागी बस्न मिल्ने भएकाले त्यही स्थान रोजिएको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय