Nepali Unicode | Preeti to Unicode
 BREAKING
दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन |

माघ २७। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत ‘हामी नेपाल कम्युनिष्ट पार्टी’ सार्वजनिक भएको छ । गीतमा गायिका दाहाललाई गायक नवीन खड्काले स्वरमा साथ दिएका छन् ।
गीतमा गणतन्त्र र संघीयताको रक्षा गर्न र जनताको मुहार फेर्ने कम्युनिष्ट पार्टी नै भएको चर्चा गरिएको छ । नवीन खड्काको शब्द तथा तिलक ओलीको संगीत रहेको गीतमा तिलककै एरेन्ज रहेको छ । गीत भिडियो समेत बनाइएको छ । जसमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम पछिको राजनीतिक पार्टीहरुले गरेको विरोध तथा प्रदर्शनका भिडियोहरु समेटिएको छ । गीतमा जनताको स्वस्थ्य, शिक्षा लगायत हरेक अवश्यकता पुरा गर्ने नेपाल कम्युनिष्ट पार्टी भएको समेत चर्चा गरिएको छ ।
लोक शैलीमा तयार जलजल टिभी नामक युट्युव च्यानलबाट सार्वजनिक गीतले गणतन्त्र र संघियताको रक्षा गर्न, संविधानलाई जोगाउन प्रतिगमन विरुद्ध सूर्य चिन्ह र हँसिया हथौडासँगै उठ्नका लागि जनता जाग्रित गर्न महत्वपूर्ण भूमिका खेल्ने गायक गायिकाको उदेश्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय