Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

माघ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम विरुद्ध सहिद तथा वेपत्ता य‍ोद्धा परिवारले प्रदर्शन गरेका छन् । सोमबार राजधानीको बबरमहलवाट शुरु भएको जुलुस नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियोे ।
विरोध सभामा नेकपा स्थायी कमिटी सदस्य शक्तिवहादुर बस्नेतले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले सहिद तथा वेपत्ता योद्धाको सपनामाथि वज्रप्रहार भएको बताए । बस्नेतले सहिदका सपना पूरा गर्न हरहालतमा प्रतिनिधिसभा पुनस्स्थापना हुनुपर्ने बताए । कार्यक्रममा नेकपा नेता जगन्नाथ खतिवडाले सहिदका सपना अझै पूरा हुन बाँकी नै रहेकाले आन्दोलन जारी राख्नुपर्ने वताए ।
कार्यक्रममा सहिद तथा वेपत्ता परिवारका सदस्य समेत रहेका नेकपा नेताहरु हरि दाहाल , युवराज चौलागाईं , सुरेन्द्र बस्नेत , प्रमोद पौडेल लगायतले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्न र वेपत्ता योद्धाहरुलाई तत्काल सार्वजनिक गर्न माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय