Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२६ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड अभिषेक रिजालले आइजवाल एफसीबाट भारतको आई लिग खेल्ने भएका छन् ।
उनले जारी सिजनको बाँकी खेल आइजवालबाट खेल्ने पक्का भएको हो ।
यसअघि आइ लिग क्वालिफायरमा मोहम्मेदन एसएसबाट खेलेका अभिषेक सिजनको बाँकी समयका लागि आइजवालमा आबद्ध हुन लागेका हुन् ।
मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।
अब बाँकी सिजनका भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् ।
अभिषेकलाई आइजवालले मार्च सम्मको लागि अनुबन्ध गरेको अभिषेको सम्झौतामा एजेन्टको रुपमा काम गरेका रविन्द्र चन्दले बताए ।
‘मोहमेदनबाट कोलकता लिग खेल्ने अवसर थियो । तर आइ लिगकै क्लब खोजिरहेको अवस्थामा आइजवालसंग सम्झौता भएको हो ।’ चन्दले भने ।
हाल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेक केही दिनपछि भारत प्रस्थान गर्नेछन् ।
अहिले नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय