Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२६ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड अभिषेक रिजालले आइजवाल एफसीबाट भारतको आई लिग खेल्ने भएका छन् ।
उनले जारी सिजनको बाँकी खेल आइजवालबाट खेल्ने पक्का भएको हो ।
यसअघि आइ लिग क्वालिफायरमा मोहम्मेदन एसएसबाट खेलेका अभिषेक सिजनको बाँकी समयका लागि आइजवालमा आबद्ध हुन लागेका हुन् ।
मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।
अब बाँकी सिजनका भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् ।
अभिषेकलाई आइजवालले मार्च सम्मको लागि अनुबन्ध गरेको अभिषेको सम्झौतामा एजेन्टको रुपमा काम गरेका रविन्द्र चन्दले बताए ।
‘मोहमेदनबाट कोलकता लिग खेल्ने अवसर थियो । तर आइ लिगकै क्लब खोजिरहेको अवस्थामा आइजवालसंग सम्झौता भएको हो ।’ चन्दले भने ।
हाल राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका अभिषेक केही दिनपछि भारत प्रस्थान गर्नेछन् ।
अहिले नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय