Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २६। म्यानमारमा हालै लागू गरिएको सैन्य शासनको विरुद्धमा नेतृ आङसान सुकीलाई रिहा गर्न माग गर्दै दशौँ हजार नागरिक सडकमा उत्रिएका छन् । जसलाई २००७ पछिकै सबैभन्दा ठूलो आन्दोलन बताइएको छ । ‘हामीलाई सैन्य निरंकुश शासन चाहिँदैन, लोकतन्त्र देऊ’ भन्ने नारासहित एक दर्जनभन्दा धेरै सहरमा आइतबार ठुल्ठुला र्याली आयोजना गरिएको थियो ।
प्रदर्शन पछि दिनभरका लागि अवरुद्ध गरिएको इन्टरनेट सेवा अहिले भने पुनः सञ्चालनमा आएको बताइएको छ । सेना पक्षले बढ्दो विरोध सम्बन्धी अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन ।
गत नोभेम्बरको चुनावमा धाँधली भएको प्रमाण बिनाको दाबी गर्दै गत सोमबार सेनाले मुलुकलाई आफ्नो नियन्त्रणमा लिएर देशभरका सबै संसाद एवम् प्रमुख नेताहरुलाई पक्राउ गरेको थियो । यसमा ‘नेस्नल लिग फर डेमोक्रेसी पार्टी’ की नेतृत्वकर्मी आनसाङ सुकी, राष्ट्रपति विन मिन्टसहित सबैलाई अहिले तिनको घरमै नजरबन्द गरि राखिएको छ ।
यही तानाशाही कदमको विरोधमा मुख्य सहर यानगोनस्थित नागरिकले सुकीको पार्टीलाई चिनाउने रातो रङका सर्ट लगाएर अनि रातो बेलुन उडाएर प्रदर्शन गरेका छन् । सवारी साधनहरुले हर्न बजाएर समर्थन जनाएका थिए । निरंकुश शासनविरुद्धको चिन्ह स्वरुप सबै आन्दोलनकारीहरुले तीन औँलाले सलाम गरेका हुन् ।
ेसेनाले इन्टरनेट सेवा अवरोध गराए पनि आन्दोलनकारीहरुलाई सडकमा उत्रिनबाट रोक्न सकेनन्, जसमध्ये एउटा ब्यानरमा नोभेम्बरको चुनाव उल्लेख गरि लेखिएको थियो, ‘हाम्रो मतको सम्मान गर’ । आन्दोलनमा कुनै किसिमको हिंसाबारे अहिलेसम्म रिपोर्ट गरिएको छैन । एक प्रदर्शनकारीले बीबीसीसँग भने, “पहिलो कुरा त हामी फेरि सेनाको शासनमा फर्कन चाहदैनौँ । हामी डराई–डराई बाँच्न चाहदैनौँ । दोस्रो कुरा हाम्री आमा आनसाङ सुकीलाई उनीहरुले मुक्त गर्नैपर्छ । र अन्त्यमा हामी प्रशासनका पदमा सेनालाई राख्ने प्रणाली यो देशबाट हटाउन चाहन्छौँ ।”
त्यस्तै अर्का आन्दोलनकारीले सुकी नै उनीहरु सबैको एक मात्र आशा र सच्चा लिडर भएकाले उनलाई केही भएमा पूरै देशको भविष्य अनिश्चित हुने बताएका छन् । “यो आन्दोलन अन्तिम होइन । हामी यो निरंकुश शासन अन्त्य नभएसम्म दिनदिनै यसरी नै प्रदर्शन गरिरहनेछौँ,” त्यहीँ उपस्थित व्यक्तिले भनेका छन् ।
उता, म्यावादी सहरमा भने पुलिसले भीडलाई हटाउन रबरको गोली प्रहार गरेको स्थानीय मिडियाले रिपोर्ट गरेका छन् । तर, यसमा कोही घाइते भएकाबारे भने कुनै खबर छैन । यानगोनको आन्दोलनमा यसपटक विद्यार्थीमात्र नभएर सबै पृष्ठभूमीका मानिस उपस्थित थिए जो खुलस्त रुपमा आक्रोशित थिए भने भित्रभित्रै डराइरहेका पनि थिए । किनकी सेना पक्ष कुनैपनि बेला हिंसात्मक हुन सक्छ भन्ने उनीहरुलाई थाहा छ । तर पनि अन्य केही विकल्प नभएकाले उनीहरु सेना विरुद्धका नारा लगाउँदै १९८८ मा सैन्य शासन विरुद्ध क्रान्तिका गीत गाउँदै सम्भव भएसम्मको शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
दक्षिणपूर्वी एसियामा पर्ने म्यानमारमा ५ करोड ४० लाख नागरिक बसोबास गर्दछन् । जसको सिमाना बांग्लादेश, चीन, भारत, थाइल्यान्ड अनि लाओससँग जोडिएको छ । १९६२ देखि २०११ सम्म त्यहाँ सेनाले दमनपूर्ण शासन लागू गरे पछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको थियो भने विभिन्न प्रतिबन्धहरु पनि लगाइएको थियो । यसबीच वर्षौँसम्म लोकतन्त्रका लागि लड्दै आएकी अभियन्ता आनसाङ सुकीले पहिलोपटक जनतालाई लोकतन्त्रको आभास गराएकी थिइन् । यसमा सेनाको हस्तक्षेप जारी रहे पनि उनी पछि हटिनन् । र, २०१५ मा स्वतन्त्र निर्वाचनमार्फत सुकीद्वारा नेतृत्व सरकार सत्तामा आउन सफल भएको थियो । त्यही सरकारसँग असन्तुष्टी जनाउँदै आएको सेनाले अचानक आधारहीन आरोप लगाउँदै देशलाई पुनः नियन्त्रणमा लिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय