Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

२५ माघ । कैलालीको गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीको घरमा उनकी प्रेमिका मृत अवस्थामा भेटिएकी छन् ।
चौधरीको घरमा २२ वर्षीया अञ्जिता चौधरी झुण्डिएको अवस्थामा भेटिएको कैलालीका एसपी अनुपम शमशेर जबराले बताए ।
चौधरीले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । यद्यपि, पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै यकिन हुने प्रहरीले जनाएको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहे पनि चौधरीले अर्की युवतीसँग विहे गरेपछि विवाद भएको थियो । र, अञ्जिताको परिवारले उनलाई वडा सदस्यको घरमा शनिबार छाडेको थियो । दुवै पक्षसँग छलफलपछि उनलाई पत्नी बनाएर राख्न वडा सदस्यले स्वीकारेको प्रहरीले भनेको छ ।
तर, आइतबार बिहान झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । हालसम्म सुसाइड नोट वा अन्य केही पनि सुराक नभेटिएको प्रहरीले जनाएको छ । अन्य पाटोबाट पनि अनुसन्धान भइरहेको एसपी जबराले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय