Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

माघ २५ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले माघ २८ गते काठमाडौँमा गर्ने जनप्रदर्शन तथा विरोधसभामा सहभागी बन्न सम्पूर्ण जनसमुदायलाई अपील गरेको छ ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेकपाको आधिकारिक फेसबुक पेजमार्फत उक्त दिन प्रतिगमनविरुद्धको विशाल प्रदर्शन र विरोधसभामा सहभागी बन्न अपील गरेका हुन् ।
अपीलमा अध्यक्ष प्रचण्डले प्रतिगमनलाई परास्त गर्ने र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने अभियानका रुपमा सभा र जनप्रदर्शन राखिएको बताएका छन् ।
‘म यो ऐतिहासिक घडीमा सम्पूर्ण नेपाली जनसमुदायहरुसँग हामी सवैले लडेर प्राप्त उपलब्धिको रक्षा गर्नका निम्ति माघ २८ गते काठमाडौँको विरोध प्रदर्शनमा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्न चाहान्छु’, अध्यक्ष प्रचण्डले भिडियोमार्फत भनेका छन् ।
अर्का अध्यक्ष नेपालले प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदमका विरुद्ध सशक्त आवाज गुञ्जाउन सभाको आयोजना गरेको बताएका छन् । उनले विगतमा भएका कमिकमजोरीको आत्मसमीक्षा गर्ने पनि बताएका छन् ।
केन्द्रीय संघर्ष समितिको आयोजनामा सो पक्षले २८ गते विशाल जनपर्दन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय