Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

इलाम, २१ भदौ । चियाको राजधानी उपनामले चिनिने इलाममा गत वर्षसम्म चिया हेर्न र बुझ्न आउने विदेशी पर्यटकको बाक्लो उपस्थीति हुन्थ्यो । ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न आउने विदेशी उद्योग/कारखानाको अनुगमन र किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । तर कोरोना महामारीका कारण यो वर्ष पर्यटक आएका छैनन् ।

कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ ।

कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टकं दाहाल बताए ।

दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन् ।

जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालको भनाइ छ । गत वर्ष मात्र पनि उद्योगमा दुई झुण्डमा विदेशी आएका थिए ।

बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी यो पटक नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक सरद सुब्बा बताए ।

उनका अनुसार उद्योगमा बर्सेनि तीन÷चार समूहमा चियाका विदेशी खरीदकर्ता आउँछन् ।‘हावापानी, चियाबारीको रमाइलो दृश्य र गुणस्तरीय चियाले मेरो उद्योग र बगानमा तान्छ तर यसपटक कोही पनि आएनन् ।” उनले भने ।’

इलामका धेरै उद्योग र बगानमा विदेशी खरीदकर्ता बर्सेनि पुग्छन् । भारतको दार्जिलिङको चियाभन्दा इलामको चिया गुणस्तरीय मानिने हुँदा बर्सेनि विदेशी ग्राहक इलाम आउने क्रम बढ्दो छ तर यसपटकले कोरोनाका कारण चिया उद्योगीले नमाज्जाले धक्का खानु पर्यो ।

निकासीको ठूलो परिमाण जाने मुलुकबाटै खरीदकर्ता आउन नसक्नु र चिया जान नसक्नु चाहिँ चियाका लागि दुःखद कुरा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताए ।

नेपालबाट भारतसहित जापान, अष्टे«लिया, अमेरिका, नर्वेलगायतबाट चिया निर्यात हुने गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय