Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२५ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा परीक्षणको रुपमा बिक्री सुरु गरेको जुम्लाको मार्सी चामलमा उपभोक्ताको आकर्षण देखिएको छ । खाद्यले नेपाल फूडमार्फत बिक्री सुरु गरेको ८ दिनमा ९ सय ५१ किलो चामल बिक्री भइसकेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
‘चाख्ने भन्दै मार्सी चामल किन्न उपभोक्ताको भिड छ, यसरी चामल बिक्री होला भन्ने ठानेकै थिएनौं । दिनमा एक सय कलो भन्दा धेरै चामल बिक्री हुन थालेको छ,’ न्यौपानेले भनिन् ।
एक किलोको प्याकेजिङमा खाद्यको उपत्यका भित्रका थापाथली, नख्खु र रामशाहपथ लगायतका बिक्री केन्द्रबाट चामल खरिद गर्न सकिन्छ ।
चामलको प्रतिकिलो खुद्रा बिक्री मूल्य २२५ रुपैयाँ तोकिएको छ । स्वदेशी उत्पादन विविधिकरण गर्ने प्रयास स्वरुप जुम्लाबाट कम्पनीले २७ सय किलो चामल किनेर माघ १५ गतेदेखि बिक्री सुरु गरेको थियो ।
उपत्यकाबासीले मार्सी चामल निकै रुचाएपछि थप चामल खरिदका लागि कम्पनीलाई हौसला मिलेको सूचना अधिकारी न्यौपानेले बताइन् । ग्राहकले रुचाएपछि कम्पनीले मार्सी धान खरिदका लागि काम अघि बढाएको उनको भनाइ छ ।
‘अहिलेको बिक्री हेर्दा अब १०र१५ दिनमा २७ सय किलो सकिन्छ, थप चामल ल्याउन धान खरिदको काम सुरु गरेका छौं,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।
जुम्लाबाट धान खरिद गर्न प्रतिकिलो मूल्य १०२ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री गरिरहेको चामल भने खाद्यको सुर्खेत कार्यालयार्फत किसानसँग २ सय रुपैयाँ प्रतिकिलोमा खरिद गरेको कम्पनीले जनाएको छ । जुम्लाको सिमी खरिदका लागि पनि कम्पनीले तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय