Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

२५ माघ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा परीक्षणको रुपमा बिक्री सुरु गरेको जुम्लाको मार्सी चामलमा उपभोक्ताको आकर्षण देखिएको छ । खाद्यले नेपाल फूडमार्फत बिक्री सुरु गरेको ८ दिनमा ९ सय ५१ किलो चामल बिक्री भइसकेको कम्पनीकी सूचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।
‘चाख्ने भन्दै मार्सी चामल किन्न उपभोक्ताको भिड छ, यसरी चामल बिक्री होला भन्ने ठानेकै थिएनौं । दिनमा एक सय कलो भन्दा धेरै चामल बिक्री हुन थालेको छ,’ न्यौपानेले भनिन् ।
एक किलोको प्याकेजिङमा खाद्यको उपत्यका भित्रका थापाथली, नख्खु र रामशाहपथ लगायतका बिक्री केन्द्रबाट चामल खरिद गर्न सकिन्छ ।
चामलको प्रतिकिलो खुद्रा बिक्री मूल्य २२५ रुपैयाँ तोकिएको छ । स्वदेशी उत्पादन विविधिकरण गर्ने प्रयास स्वरुप जुम्लाबाट कम्पनीले २७ सय किलो चामल किनेर माघ १५ गतेदेखि बिक्री सुरु गरेको थियो ।
उपत्यकाबासीले मार्सी चामल निकै रुचाएपछि थप चामल खरिदका लागि कम्पनीलाई हौसला मिलेको सूचना अधिकारी न्यौपानेले बताइन् । ग्राहकले रुचाएपछि कम्पनीले मार्सी धान खरिदका लागि काम अघि बढाएको उनको भनाइ छ ।
‘अहिलेको बिक्री हेर्दा अब १०र१५ दिनमा २७ सय किलो सकिन्छ, थप चामल ल्याउन धान खरिदको काम सुरु गरेका छौं,’ सूचना अधिकारी न्यौपानेले भनिन् ।
जुम्लाबाट धान खरिद गर्न प्रतिकिलो मूल्य १०२ रुपैयाँ ५० पैसा मूल्य निर्धारण गरिएको पनि कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्री गरिरहेको चामल भने खाद्यको सुर्खेत कार्यालयार्फत किसानसँग २ सय रुपैयाँ प्रतिकिलोमा खरिद गरेको कम्पनीले जनाएको छ । जुम्लाको सिमी खरिदका लागि पनि कम्पनीले तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय