Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
भागरथी हत्या प्रकरणको अनुसन्धान मोबाइलमा केन्द्री केन्द्रीत
Nepali Unicode | Preeti to Unicode

२५ माघ। बैतडीको दोगडाकेदार–७ मा १७ वर्षीया भागरथी भट्टको हत्या भएको विषयमा प्रहरी अनुसन्धान उनको मोबाइलमा केन्द्रीत भएको छ ।
शव भेटिएको स्थानबाट २० मिटर अगाडि मोबाइल भेटिएसँगै त्यसको प्राविधिक विश्लेषणमा प्रहरी जुटेको छ । र, मोबाइलबाट महत्वपूर्ण सुराक हात पर्ने प्रहरीले अपेक्षा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार मोबाइलको प्राविधिक विश्लेषणको काम केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० बाट गएको टोलीले गरिरहेको छ । ब्युरोले नै कल डिटेल रेकर्ड ९सीडीआर०, बीटीएस लगायतका प्राविधिक पक्षको विश्लेषण गर्नेछ ।
रगताम्ये यौनांग र शरीरको विभिन्न ठाउँमा चोटपटक भएको अवस्थामा बिहीबार भट्टको शव सडक नजिकैको जंगलमा भेटिएको थियो । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सीआईबीलाई टोली खटाउन निर्देशन दिएको थियो । त्यसपछि निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा खटिएको प्रहरी नायब उपरीक्षक डीएसपी पञ्चकुमार बाखु नेतृत्वको टोलीलाई बैतडी पठाइएको हो ।
अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार मोबाइलबाट केही विषयहरु डिलिट भएको हुनसक्ने भएकाले प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ ।
मोबाइलबाट गरिएको अनुसन्धानकै आधारमा प्रहरीले घटनामा चिनजानकै व्यक्ति संलग्न हुनसक्ने आशंका गरेको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर पनि घटनाको विषयमा संवेदनशील भएर वैज्ञानिक अनुसन्धान थालिएको बताउँछन् । उनी अनलाइनखबरसँग भनेका छन्, ‘यो घटनालाई प्रहरीले एकदमै प्राथमिकता दिएको छ, प्रदेश प्रहरी प्रमुख आफैं पनि घटनास्थलमा पुग्नु भएको छ ।’
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिए पनि जिल्ला अस्पताल, बैतडीले पोष्टमार्टम रिपोर्ट दिइनसकेकाले यकिन भइसकेको छैन ।
भागरथी हत्या प्रकरणलाई कञ्चनपुरको निर्मला हत्या प्रकरणसँग दाँजेर हेरिएको छ र निर्मला प्रकरणमा जस्तै प्रहरीले कमजोरी नगरोस् भनेर नागरिक समाजले घच्घच्याइरहेका छन् । नेकपा प्रचण्ड–माधव समूहले पनि प्रकरणको सत्य, तथ्य अनुसन्धान गरेर यथाशिघ्र दोषीलाई सार्वजनिक गर्न माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय