Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२५ माघ । इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले रोमामाथि जित निकालेको छ। घरेलु मैदानमा सम्पन्न खेलमा युभेन्टसले रोमामाथि २-० गोलअन्तरको जित निकालेको हो।
खेलको १३ औं मिनेटमा अल्भेरो मोराटाको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टसले दोस्रो गोल उपहारमा पायो। रोमाका इबानेज डी सिल्भाले खेलको ६९ ‍औं मिनेटमा आत्मघाती गोल गर्दा युभेन्टसले २-० गोलअन्तरले जित निकाल्यो।
त्यस्तै सिरी ए अन्तर्गतनै गएराति भएको अन्य खेलहरुमा लियोनले स्ट्रासबर्गमाथि ३-० ले जित निकाल्दा जिओनाले नापोलीलाई २-१ ले हरायो। त्यस्तै एटलान्टा र टोरिनो ३-३ को बराबरीमा रोकिए।
जितसँग युभेन्टस ४२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुईमा रहेको इन्टर मिलान र एसी मिलानको क्रमस ४७ र ४६ अंक छ। त्यस्तै ४० अंक जोडेको रोमा चौथो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय