माघ २५ । हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’को निर्देशन रहेको ‘जुन दिन मलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो एभरग्रीन वर्ल्डवाइड ईन्टरटेन्मेन्टले निर्माण गरेको हो ।
संजित भण्डारी, श्रीदेव भट्टराई, चन्दा कुईकेल, प्रेम पाण्डे, रोहित कार्की, शुशिला बिडारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ । भिडियो काठमाडौंका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।
कृष्णराज भण्डारीको स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियोमा तारा थापा ‘किम्भे’को सम्पादन, हर्कमान वाईवा रिदमको छायाँंकन रहेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs