Nepali Unicode | Preeti to Unicode
 BREAKING
राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार |

२५ माघ। संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूह निकट विद्यार्थीहरुले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज विरोध पत्र बुझाउँदैछन् ।
अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ नेतृत्वका विद्यार्थीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर विरोध पत्र बुझाउन लागेका हुन् ।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आज दिउँसो विरोध पत्र बुझाउने भए पनि समय निश्चित हुन बाँकी रहेको बताए । उनले भने, ‘सकेसम्म प्रधानमन्त्रीलाई नै भेटेर, नभए सचिवालयमा विरोध पत्र बुझाउने योजना छ । हामी समय मिलाउने प्रयासमा छौं ।’
अनेरास्ववियूको तामाङ नेतृत्वको समूहले संसद विघटन भएको विरोधमा तेस्रो चरणका आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय