Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

माघ २५ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।
लिगको दोस्रो चरणअन्तर्गत आइतबार मध्याह्न १२ बजे हुने खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका आमने–सामने हुँदै छन् । ६ खेलबाट १० अंक जोडेको विराटनगर अंकतालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट ३ अंकसहित चन्द्रपुर छैटौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्ने छन् । ६ खेलबाट ८ अंकसहित पुुलिस चौथो स्थानमा छ । समान खेलबाट ८ अंक नै जोडेको वालिङ पाँचौँ स्थानमा छ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने एन्फाले जनाएको छ । यसअघि, शनिबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले चौदण्डीगढी नगरपालिकालाई ९–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय