Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २३ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका लागि सरकारी वकिललाई समय तोकेका छन् । आइतबारदेखि सरकारी वकिलले बहसका लागि बढीमा १५ मिनेट मात्रै पाउने भएका हुन्।
संसद विघटनको मुद्दाको सुनवाइका क्रममा शुक्रबार प्रधानन्यायाधीश जबराले आइतबारदेखि सरकार पक्षका बाँकी चार वकिललाई एक घण्टामा बहस सक्न भनेका हुन्।
जबराले शुक्रबारको इजलास अन्त्य गर्दै भने, ‘ल आजलाई यति गरौं, आइतबारदेखि तपाईहरुले १० देखि १५ मिनेटमा सक्नुपर्छ है। प्रधानमन्त्रीको तर्फबाट पनि धेरै जना हुनुहुन्छ।’
विघटनको मुद्दामा सरकारको तर्फबाट शुक्रबार लोकराज पराजुली, खेमराज ज्ञवाली, संजीवराज रेग्मीले बहस गरेका छन्।
सरकार पक्षको बहस सोमबारदेखि सुरु भएको हो। हालसम्म सरकार पक्षका ८ जनाले बहस गरेका छन् । यसअघि महान्यायाधिवक्ता अग्निप्रसाद खरेल, नायव महान्यायाधीवक्ताहरु पदमप्रसाद पाण्डेय, नारायण पौडेल, विश्वराज कोइरालाले बहस गरेका थिए। यस्तै प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले पनि बहस गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय