Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

माघ २२। आज देशभर नेकपा प्रचण्ड–नेपाल पक्षले गरेको बन्दको प्रभाव चितवनमा आंशिक रुपमा परेको छ ।
सडकमा सवारीसाधन सिमित रुपमा गुडेका छन् भने शैक्षिकसंस्थालगायत व्यापारव्यवसाय ठप्प छन् । यहाँका सरकारी कार्यालय भने सिमितरुपमा खुलेका देखिन्छन् । यस्तै भरतपुर महानगरपालिकाको कार्यालय पनि सेवाग्राहीको लागि खुलेको छ ।
भरतपुर महानगरको सोधपुछ कक्षका खरिदार बुद्धिसागर न्यौपानेले बिहानैदेखि महानगर खुला रहेको जानकारी दिए । उनले भने ‘महानगर खुलै छ, हिजो अस्ती भन्दा बन्दले कम सेवाग्राही आउनुभएको छ ।’ यस्तै महानगर खुला भए पनि मेयर रेनु दाहाल भने कार्यकक्षमा भेटिइनन् । उनी नारायणगढको पुचोकमा नेकपा पचण्ड–माधव समूहका कार्यकर्ताले गरेको बन्दको कार्यक्रममा सहभागी थिइन् ।
यस्तै महानगरबाहेक बन्दको बेवास्ता गर्दै जिल्ला समन्वय समिति लगायत जिल्ला प्रशासन कार्यलय पनि सेवाग्राहीका लागि खुला रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय