
माघ २२। प्रचण्ड–नेपाल समूहको आमहड्तालका क्रममा जनकपुरमा प्रहरीले २७ राउण्ड हवाई फायर गरेको छ । नेकपा नेता रामचन्द्र झा र मातृका यादव नेतृत्वको टोलीले जवरजस्ती पसल बन्द गराउँन खोजेपछि व्यापारी र आन्दोलनकारी समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।
आन्दोलनकारीले प्रहरीमाथि समेत ढुङ्गामुडा गरेपछि हवाई फायर र १२ राउण्ड आश्रुग्यास प्रहार गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए । उनका अनुसार झडपमा २ प्रहरी र नेता रामचन्द्र झा घाइते भएका छन् । ११ जनालाई नियन्त्रणमा लिइएको डीआईजी सिंहले जानकारी दिए ।