Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
राप्रपाले रत्ननगर नगरपालिकालाई हस्तान्तरण गर्यो पृथ्वीनारायण शाहको पूर्ण कदको तस्वीर
Nepali Unicode | Preeti to Unicode

२२ माघ । स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको तस्वीर हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर नगर कार्य समितिले पृथ्वीनारायण शाहको सम्मानका लागि पूर्ण कदको तस्वीर हस्तान्तरण गरेको हो ।
नगर कार्यसमितिका अध्यक्ष गोविन्दप्रसाद अधिकारीले नगरपालिकाकी कार्यबाहक नगर प्रमुख विमला दुवाडीलाई तस्वीर हस्तान्तरण गरेका हुन । सो अवसरमा उपमेयर दुवाडीले पृथ्वीनारायण शाह राष्ट्र निर्माणको नायक भएकाले सम्मान गर्नुपर्ने बताइन ।
उनले पृथ्वीनारायण शाहको तस्वीर नगरपालिकामा सबैले देख्ने गरी राख्ने बताइन । नगर कार्यसमितिका अध्यक्ष अधिकारीले गणतन्त्रको नाममा पृथ्वीनारायण शाहलाई बेवास्ता गर्ने काम भएको भन्दै उनको योगदान र सम्मानका लागि स्थानीय सरकारलाई तस्वीर हस्तान्तरण गरिएको बताए । रत्ननगरका १६ वटै वडामा पृथ्वीनारायण शाहको पूर्णकदको तस्वीर हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।
तस्वीर हस्तान्तरण कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र पार्टीका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष बलराम खनाल, जिल्ला अध्यक्ष रुद्र ढकाल,प्रदेश सदस्य माधव भट्टराई,जिल्ला सहसचिव बलराम आचार्य,नगर सचिव श्याम पोखरेल,पार्टीका संस्थापक सदस्य खेमराज थपलिया,नगर सदस्य काशिराम थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय