Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

२२ माघ । स्थानीय सरकारको रुपमा रहेको रत्ननगर नगरपालिकालाई आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको पूर्ण कदको तस्वीर हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगर नगर कार्य समितिले पृथ्वीनारायण शाहको सम्मानका लागि पूर्ण कदको तस्वीर हस्तान्तरण गरेको हो ।
नगर कार्यसमितिका अध्यक्ष गोविन्दप्रसाद अधिकारीले नगरपालिकाकी कार्यबाहक नगर प्रमुख विमला दुवाडीलाई तस्वीर हस्तान्तरण गरेका हुन । सो अवसरमा उपमेयर दुवाडीले पृथ्वीनारायण शाह राष्ट्र निर्माणको नायक भएकाले सम्मान गर्नुपर्ने बताइन ।
उनले पृथ्वीनारायण शाहको तस्वीर नगरपालिकामा सबैले देख्ने गरी राख्ने बताइन । नगर कार्यसमितिका अध्यक्ष अधिकारीले गणतन्त्रको नाममा पृथ्वीनारायण शाहलाई बेवास्ता गर्ने काम भएको भन्दै उनको योगदान र सम्मानका लागि स्थानीय सरकारलाई तस्वीर हस्तान्तरण गरिएको बताए । रत्ननगरका १६ वटै वडामा पृथ्वीनारायण शाहको पूर्णकदको तस्वीर हस्तान्तरण गर्ने कार्यक्रम रहेको बताए ।
तस्वीर हस्तान्तरण कार्यक्रममा नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र पार्टीका तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय अध्यक्ष बलराम खनाल, जिल्ला अध्यक्ष रुद्र ढकाल,प्रदेश सदस्य माधव भट्टराई,जिल्ला सहसचिव बलराम आचार्य,नगर सचिव श्याम पोखरेल,पार्टीका संस्थापक सदस्य खेमराज थपलिया,नगर सदस्य काशिराम थापा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय