Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बन्दको विकल्प खोज्न पोखरा पर्यटन परिषद्को आग्रह
Nepali Unicode | Preeti to Unicode

माघ २२ । पोखरा पर्यटन परिषद्ले कोभिड–१९ का कारण संकटको अवस्था भोगिरहेको पर्यटन क्षेत्रमा फेरि बन्द, हड्तालजस्ता गतिविधि नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।
परिषद्ले कोभिड–१९ का कारण मुलुकले ठूलो आर्थिक क्षति भोगिरहेको वर्तमान अवस्थामा फेरि राजनीतिक अस्थिरता र बन्द, हड्तालजस्ता गतिविधिले थप जोखिम पार्ने हुँदा आन्दोलनको विकल्प खोजेर व्यवसायीमैत्री वातावरण सिर्जना गर्ने राजनीतिक दललाई आग्रह गरिएको हो ।
परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘बन्द, हड्तालका कारण प्रत्येक क्षेत्रका उद्यमी, व्यवसायी र विशेष गरी दैनिक ज्यालादारीमा गुजारा चलाउने सर्वसाधारणलाई सबैभन्दा बढी असर परेको छ । त्यसैले बन्द, हड्ताल, चक्काजामलगायतका गतिविधि रोक्न परिषद् हार्दिक अपिल गर्दछ ।’’
विज्ञप्तिमा राजनीतिक दलहरुले देशको अर्थतन्त्र र सहज जीवनयापनमा भूमिका खेल्दै नागरिकमैत्री, व्यवसायीमैत्री वातावरण सिर्जना गरेर अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्नुपर्नेमा कोभिड–१९ को महामारीका बीच विभिन्नखाले आन्दोलन, बन्द, हड्तालले सम्पूर्ण सर्वसाधारण एवं व्यवसायीलाई थप निराश बनाउँदै लगेको उल्लेख छ ।
कोभिड–१९ का बीच पनि चलायमान बन्दै गएको पर्यटन क्षेत्र बन्द, हड्ताल र विभिन्न आन्दोलनले थप नकारात्मक सन्देश जाने भएकाले यस विषयमा राजनीतिक दललाई गम्भीर रुपमा सोच्नसमेत आग्रह गरिएको छ ।
यसैबीच, परिषद्ले विदेशी पर्यटकलाई सात दिनबाट बढाएर १० दिन क्वारेन्टिनमा राख्ने नियमको पनि विरोध गरेको छ । पटक–पटक हुने बन्द, हड्ताल र अव्यावहारिक नीति–नियमले खर्बौँको लगानी गरेका व्यवसायीमा निराशा छाएको जनाउँदै परिषद्ले सहज र सरल वातावरणको लागि सरकारसँग आग्रह गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय