Nepali Unicode | Preeti to Unicode

माघ २२। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेका दुई र वीरगन्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।
बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्दकर्ताले भरतपुर महानगरपालिका–१, भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।
यस्तै, टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालवाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२, मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय