Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
प्रचण्ड नेपाल समूहले भोलि देशव्यापी आम हड्ताल गर्ने
Nepali Unicode | Preeti to Unicode

२१ माघ । नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनरत पुष्पकमल दाहाल प्रचण्ड ( माधवकुमार नेपाल समूहले भोलि देशव्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ। संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको विषयलाई लिएर त्यसको विरोधमा आम हड्तालको घोषणा गरेको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।
ुप्रतिनिति सभा विघटनको प्रतिगामी कदम र कामचलाउ सरकारको गैर संवैधानिक, स्वेच्छाचारी एवम् दमनकारी क्रियाकलापको विरुद्ध पनि संघर्षलाई यस रुपमा अघि बढाउनुपर्ने वाध्यात्मक स्थिति उत्पन्न हुन गएको छ,ु आम हड्तालबारे जानकारी दिन प्रेसित प्रेस वक्तव्यमा भनिएको छ, ुहाम यसरी वाध्यात्मक रुपमा घोषणा गर्न परेको आम हड्तालको कार्यक्रमलाई व्यापक समर्थन एवम् सहभागितासहित पूर्ण रुपमा सफल पार्न।।। अपिल गर्छौं।ु
देशव्यापी आम हड्तालमा यातायात, पसल, उद्योग, कलकारखाना र शिक्षण संस्था बन्द हुने जनाइएको छ। अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधी लगायत अत्यावश्यक सेवाहरु यथावत रहने जनाइएको छ।
भोलिका लागि आह्वान भएको आम हड्ताल सफल बनाउन आज साँझ देशव्यापी मसाल जुलुस गरिने पनि जनाइएको छ। साथै भोलिका लागि तय भएको युवा र्‍याली २८ गतेको सभा पछि गरिने श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय