Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २१ । मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा फैसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

गत आर्थिक वर्ष दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवको पुस मसान्तसम्म थप ७१४ मुद्दा दर्ता भई यस वर्ष एक हजार १०९ मुद्दा पुगेको बताइएको छ ।
अदालतले एक भिजन एक मिशन, एक वर्षभित्र न्याय सम्पादनको सिद्धान्तलाई अङ्गीकार गरेको जानकारी दिनुहुँदै भट्टराईले सबै किसिमका मुद्दाहरु छ महिनादेखि एक वर्षभित्र फछ्र्यौट गर्ने गरी काम भइरहेको बताए । कोरोनाको महामारीका कारण अदालतको काम कारबाही प्रभावित भएकाले पुरानो मुद्दा फैसलामा ढिलाइ भएको उनले बताए । अघिल्लो आवबाट जिम्मेवारी सरेर आएको दुई वर्ष पुरानो १६ मुद्दा फैसला हुन बाँकी छ । उक्त मुद्दामध्ये १० देवानी तथा ६ फौजदारी मुद्दा फैसला गर्न बाँकी छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय