Nepali Unicode | Preeti to Unicode
 BREAKING
रत्ननगर अस्पतालका गरिब बिरामीहरूलाई 'रफ्तार चितवन' द्वारा फलफूल वितरण | | रत्ननगरका विद्यालय तहका विद्यार्थीका लागि 'ई–हब कोडिङ क्लास' सुरु, विद्यार्थीहरूको उत्साहजनक सहभागिता | रफ्तार संस्थाद्वारा रत्ननगर वडा नं. १२ मा शैक्षिक सामग्री वितरण तथा सचेतना कार्यक्रम सम्पन्न | रत्ननगरमा विद्यालय सञ्चालनमा एकरूपता र गुणस्तर सुधारको प्रयास: कक्षा १२ सम्म निःशुल्क शिक्षाको तयारी | आजका प्रमुख विश्व समाचार | आजका मुख्य विश्वव्यापी समाचार | आजका मुख्य अन्तर्राष्ट्रिय र राष्ट्रिय समाचार | प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? |

२१ माघ। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया भएको छ ।
थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो ।
थ्री स्टारले विक्रमको शल्यक्रिया सफल भएको सामाजिक सञ्जालमार्फत जनाएको छ । यस्तै राष्ट्रिय टिमका फिजियो आभिष्कार पुडासैनीले विक्रम शल्यक्रिया गर्न ९० मिनेट लागेको जनाएका छन् ।
दुई वर्षअघि खुट्टा भाँचिएपछि उचार गरेर मैदान फर्केका विक्रमलाई फेरि चोट बल्झेपछि उपचारका लागि कतार गएका थिए ।
विक्रमसँगै फरवार्ड विमल घर्ति मगर पनि शल्यक्रियाका लागि कतार गएका थिए ।
दुवै खेलाडी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा शल्यक्रियाको लागि कतार गएका हुन् ।
विमलको शल्यक्रिया केहि दिन पछि गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय