Nepali Unicode | Preeti to Unicode
 BREAKING
टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति | राजावादीहरू चम्किँदै छन्, गणतन्त्र बचाउन कांग्रेस-एमाले मिल्नुपर्छ : नेता भट्टराई | रत्ननगर नगरपालिका ‘लिजा’ र ‘एफआरए’मा चितवनमा सर्वोत्कृष्ट | यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट |

२१ माघ। नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया भएको छ ।
थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो ।
थ्री स्टारले विक्रमको शल्यक्रिया सफल भएको सामाजिक सञ्जालमार्फत जनाएको छ । यस्तै राष्ट्रिय टिमका फिजियो आभिष्कार पुडासैनीले विक्रम शल्यक्रिया गर्न ९० मिनेट लागेको जनाएका छन् ।
दुई वर्षअघि खुट्टा भाँचिएपछि उचार गरेर मैदान फर्केका विक्रमलाई फेरि चोट बल्झेपछि उपचारका लागि कतार गएका थिए ।
विक्रमसँगै फरवार्ड विमल घर्ति मगर पनि शल्यक्रियाका लागि कतार गएका थिए ।
दुवै खेलाडी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा शल्यक्रियाको लागि कतार गएका हुन् ।
विमलको शल्यक्रिया केहि दिन पछि गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय