Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २१ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले पत्रकार सम्मेलन गर्दैछ । प्रतिनिधिसभा विघटनपछि सडक संघर्षमा रहेको प्रचण्ड–नेपाल समूहले बुधबार दिउँसो २ बजे पेरिसडाँडामा पत्रकार सम्मेलन गर्न लागेको हो ।
आकस्मिक पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । विषयबारे उनले खुलाउन चाहेनन् ।
संवैधानिक आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै आज बिहान पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । सरकारले गएको मंसिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो । सोही विषयमा पत्रकार सम्मेलन केन्द्रित हुने नेकपाका नेताहरुको भनाइ छ ।
संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । वरिष्ठ नेता झलनाथ खनालले संवैधानिक आयोगमा गरिएको नियुक्ति तानाशाहीको अर्को नमुना भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय