Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

२१ माघ। प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई ९(० को फराकिलो अन्तरले पराजित गरेको छ ।
युनायटेडको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । युनाइटेडका लागि एन्टोनी मार्सियलले दुई गोल गर्दा ७ फरक खेलाडीले गोल गरे । साउथह्याम्पटनका एक खेलाडीले आत्मघाती गोल गरे ।
ओल्ड ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।
१८औं मिनेटमा आरोन वान वासिकाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा मार्कुस रोफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा जान बेडनाराकले आत्मघाती गोल गर्दा युनाइटेडले ३-० को अग्रता बनायो । ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ४-० को अग्रता बनायो ।
दोस्रो हाफमा युनाइटेडले पाँच गोल थप्यो । एन्टोली मार्सियलले ६९ औं मिनेटमा, स्कट म्याकटोमिनेले ७१औं मिनेटमा गोल गरे ।
खेलको ८६ औं मिनेटमा जानले रातो कार्ड पाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटियो । ८७औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ७(० को अग्रता दिलाए ।
९० औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता ८-० पुग्यो । इन्जुरी समयमा डानियल जेम्सले गोल गरेपछि युनाइटेडले फराकिलो जित हात पारेको हो ।
प्रिमियर लिगको इतिहासमा युनाइटेडले दोस्रो पटक ९-० को जित हात पारेको हो । यसअघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाइटेडले ९(० ले विजयी भएको थियो ।
साउथह्यामप्टनको भने लगातार दोस्रो सिजन ९-०को हार हो । गत सिजन साउथह्याम्पटन लेष्टरसँग ९(० ले पराजित भएको थियो ।
फराकिलो जितपछि युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । २२ खेलबाट ४४ अंक जोडेको युनाइटेड गोल अन्तरमा दोस्रो स्थानमै छ । सिटीले दुई खेल कम खेलेको छ ।
२१ खेलबाट २९ अंक रहेको साउथह्याम्पटन १२औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय