Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
ईच्छाकामनामा शसस्त्र प्रहरीद्धारा हेलिकप्टर नभए पनि हेलिप्याड तयार
Nepali Unicode | Preeti to Unicode

माघ । सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपत् व्यवस्थापन तालिम केन्द्र ईच्छाकामनाले हवाई उद्धार अभ्यासलाई व्यवस्थित र प्रभावकारी बनाउन हेलिप्याड निर्माण गरेको छ । तालिम केन्द्र परिसरमा एकैसाथ दुइटा हेलिकप्टर अटाउने गरी हेलिप्याड निर्माण भएको हो तर सशस्त्र प्रहरीसँग हालसम्म हेलिकप्टर छैन ।
सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डीआईजी० राजु अर्यालले हेलिकप्टरबाट हुने उद्धार तथा हेलिप्याड सञ्चालनका सम्बन्धमा विज्ञ समूहको टोलीले स्थलगत निरीक्षणका साथै उडान परीक्षण अभ्यास सम्पन्न गरिसकेको जानकारी दिनुभयो ।
“प्राकृतिक विपत् तथा विभिन्न दुर्घटनाका कारण गम्भीर घाइते भएका व्यक्तिलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउन हेलिकप्टरको प्रयोग उपलब्धिमूलक हुनेछ । समयमै उपचार नपाएर अकालमै ज्यान जाने जोखिम कम हुन्छ”, उहाँले भन्नुभयो ।
तालिम केन्द्र परिसरमा सुविधा सम्पन्न हेलिप्याड निर्माण हुँदा उद्धार कार्य छिटोछरितो, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । कुरिनटारमा सशस्त्र प्रहरी बलको २५ शøयाको ट्रमा सेन्टर अस्पताल सञ्चालन छ ।
गम्भीर प्रकृतिका घाइतेलाई थप उपचारका लागि राजधानी काठमाडौँ वा चितवन लैजान नवनिर्मित हेलिप्याड बहुपयोगी हुने दाबी सशस्त्र प्रहरीको छ । त्यस्तै राजमार्गमा ईआरटी ९इमर्जेन्सी रेस्क्यु टिम० २४ घण्टा परिचालित हुन्छ ।
विभिन्न दुर्घटनाका कारण नदीमा फसेका, खोच, भीर तथा अप्ठ्यारो स्थानमा अड्किएकाको उद्धारका लागि हवाई उद्धार अभ्यास प्रभावकारी बन्ने ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुगंले बताईन् । । यसअघि घाइतेका उद्धारमा हेलिकप्टर प्रयोग भए पनि हेलिप्याडको अभावमा बगर, खोला किनारा र राजमार्ग क्षेत्रमा असुरक्षित अवतरण हुँदै
आएको थियो ।
तालिम केन्द्रमा घाइतेका लागि सात शøया क्षमताको ‘मास हेल्थ सर्भिस’ र अर्को सानो गरी दुइटा एम्बुलेन्स सञ्चालनमा छ । सो तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कालिदास धौवजीले एम्बुलेन्सभन्दा हेलिकप्टरको प्रयोग उद्धार र शीघ्र उपचारका लागि प्रभावकारी हुने बताउनुभयो ।
कुरिनटार विपत् व्यवस्थापन तालिम केन्द्र यो वर्ष उत्कृष्ट तालिम केन्द्रका रूपमा पुरस्कृत भएको छ । सशस्त्र प्रहरी बलका ११ वटा तालिम केन्द्रमध्ये कुरिनटार अघिल्लो वर्ष र यो वर्ष गरी दुई पटक उत्कृष्ट भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय