Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २१। नेपाल–क्यानडामैत्री तथा सांस्कृतिक सङ्घ नेपालले द्विपक्षीय दौत्य सम्बन्धको ५६औँ वर्षगाँठ मनाएको छ । प्रा डा प्रदीपकुमार खड्काको अध्यक्षतामा काठमाडौंमा सम्पन्न कार्यक्रममा नेपाल–क्यानडाबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको सङ्घले जनाएको छ ।
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपालको क्यानडालगायत देशसँग व्यापार वाणिज्य विस्तारसम्बन्धी तथा ग्यास सञ्चालनमा सचेतता सम्बन्धबारे जानकारी दिए । राष्ट्रियसभाका सदस्य कोमल ओलीले दुई देशबीचको सम्बन्ध प्रगाढ रहिआएको उल्लेख गर्दै आगामी दिनमा अझै विस्तार भएर जाने विश्वास व्यक्त गरिन् ।
आयोजक संस्थाले वर्षगाँठको अवसरमा दुई देशबीचको सम्बन्ध प्रगाढ होस् भन्ने उद्देश्यले सो संस्थाका उपाध्यक्ष प्रा डा गोपाल पोखरेलले सम्पादन गरेको ‘सोभेनर’ नामक जर्नलसमेत विमोचन गराएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय