Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

माघ २१ । राष्ट्रपति कार्यालयले संवैधानिक आयोगहरूमा सिफारिस भएकाहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएको छ । सरकारले गत मङ्सिर ३० गते अध्यादेश ल्याएर संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा सिफारिस गरेको थियो ।
संवैधानिक परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ गर्नुपर्ने संवैधानिक प्रावधान छ । संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएको र मङ्गलबार सिफारिसको ४५ दिन पूरा भएकाले संवैधानिक प्रावधानमै टेकेर राष्ट्रपति कार्यालयले शपथ खुवाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान राष्ट्रपति कार्यालयमा सपथ खुवाएकी हुन् ।
संसद् विघटित रहेको अवस्थामा संसदीय सुनुवाइ नभएकालाई शपथ गराउन नहुने केही कानुनविद्हरूको तर्क थियो । संसद् नभएकाले परिषद्ले गरेको सिफारिस काम नलाग्ने भन्दै सभामुख अग्नि सापकोटाले फाइल नै फिर्ता पठाइदिएका थिए ।
तर, ४५ दिनभित्र सुनुवाइ हुन नसके राष्ट्रपतिले सीधै नियुक्त गर्न सक्ने वैधानिक व्यवस्था रहेकाले शपथ खुवाइएको राष्ट्रपति कार्याललय जनाएको जनाएको छ ।
यसैबीच, थारु आयोगका अध्यक्षसहित सदस्यहरुले भने शपथ लिएनन् । अध्यक्ष काठमाडौं बाहिर रहेकाले उनीसहित सदस्यहरुले शपथ नलिएको राष्ट्रपति कार्यालयलका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । थारु आयोगको अध्यक्षमा विकास चौधरीको नाम सिफारिस गरिएको छ भने सदस्यमा बबिता चौधरी, सुबोधसिंह थारु र भोलाराम चौधरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय